You are viewing the translated version of पुनर्स्थापना कोषको सञ्चालन.

Rule 33
पुनर्स्थापना कोषको सञ्चालन
: (१) ऐनको दफा ३० बमोजिमको पुनर्स्थापना कोषको रकम मन्त्रालयले तोकेको बैंड्क तथा बित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित “क" वर्गको कुनै बाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ।
(२) पुनर्स्थापना कोषको खाता मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृत र मन्त्रालयको आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
(३) पुनर्स्थापना कोषको रकम ऐन तथा यस नियमावली बमोजिम पुनर्स्थापना केन्द्रको सञ्चालनको लागि मात्र खर्च गर्नु पर्नेछ ।